फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको अर्जेटिना भ्रमण तथा बीस मुलुक समूहको शिखर सम्मेलन फलदायी हुने

(GMT+08:00) 2018-11-24 16:12:14

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यही नोभेम्बर २९ देखि डिसेम्बर २ तारिखसम्म अर्जेटिनाको राजकीय भ्रमण गर्नुभई बीस मुलुक समूहको शिखर सम्मेलनमा भाग लिनुहुने छ। अर्जेटिनाका लागि चिनियाँ राजदूत याङ वानमिङले हिजो नोभेम्बर २३ तारिख पत्रकार सम्मेलनमा यो भ्रमण नै चीन-अर्जेटिना तथा चीन-ल्याटिन अमेरिका सम्बन्धमा ठूलो घटना रहेको भन्दै यो भ्रमणले विश्वको आर्थिक संचालनमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभएको छ।

चिनियाँ राजदूत याङले जानकारी दिए अनुसार, अर्जेटिनाको भ्रमणमा राष्ट्राध्यक्ष सीले अर्जेटिनाका राष्ट्रपति माउरिसीओ माक्रीसँग भेट-वार्ता गर्नुहुने छ। वार्तामा उहाँहरूले आपसी सम्बन्धको विकासको लागि नयाँ रणनीति तथा योजना प्रस्तुत गर्नुहुने छ। साथै उहाँहरूले साझा अभिरूचि भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे गहन रूपमा बैचारिक आदानप्रदान पनि गर्नुहुने छ।

बीस मुलुक समूहको शिखर सम्मेलनबारे चर्चा गर्दै राजदूत याङले चालु वर्षको सम्मेलन राष्ट्राध्यक्ष सीले निरन्तर भाग लिनुहुने छैटौँ सम्मेलन रहेको र जसबाट चीनले बीस मुलुक समूह अवस्थामा दिएको उच्च महत्व प्रतिविम्वित भएको प्रकाश पार्नुभएको छ।

जानकारी तथा लेखहरु