फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वव्यापार संगठनको सुधारबारे चीनको सिद्धान्त र धारणा

(GMT+08:00) 2018-11-24 16:16:40

चिनियाँ वाणिज्य मन्त्रालयले हिजो नोभेम्बर २३ तारिख "विश्व व्यापार संगठनको सुधारबारे चीनको अडान दस्तावेज" सार्वजनिक गरेको छ। उक्त दस्तावेजले विश्वव्यापार संगठनको सुधारबारे चीनका तीनवटा सिद्धान्त तथा पाँचवटा धारणाको व्याख्या गरेको छ। दस्तावेजका अनुसार, विश्वव्यापार संगठनलाई केन्द्रित र नियमलाई आधार बनाउने बहुपक्षीय व्यापार प्रणाली अर्थतन्त्रको विश्वव्यापीकरण तथा स्वतन्त्र व्यापार हुने आधार हो र जसले विश्वको व्यापारिक विकास, आर्थिक वृद्धि र दिगो विकासका लागि महत्वपूर्ण योगदान दिएको छ। विश्वव्यापार संगठनमा भाग लिएपछि चीनले सधैं नै बहुपक्षीय व्यापार प्रणालीलाई समर्थन गर्नुका साथै संरक्षणवादको विरोध गरी विश्व अर्थतन्त्रको व्यवस्थामा विश्वव्यापार संगठनलाई अझ बढी भूमिका खेल्न लगाउँदै आएको छ।

चीनका उप-वाणिज्य मन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार सम्झौता-वार्ताका उप-प्रतिनिधि वाङ शौ वेनले विश्वव्यापार संगठनको सुधारसम्बन्धी चीनका तीनवटा आधारभूत सिद्धान्तको बारेमा जानकारी दिनुभयो।

उहाँका अनुसार विश्वव्यापार संगठनको सुधारले बहुपक्षीय व्यापार प्रणालीको केन्द्रीय मूल्यको सुरक्षा गर्नुपर्छ। गैर भेदभाव र खुला बहुपक्षीय व्यापार प्रणालीको सबैभन्दा महत्वपूर्ण केन्द्रीय मूल्य नै चीनले अगाडि सारेको पहिलो आधारभूत सिद्धान्त हो।

विश्वव्यापार संगठनको सुधारले विकासोन्मुख मुलुकको विकसित फाइदाको सुरक्षा गर्ने पर्ने चीनको दोस्रो सिद्धान्त हो भने विश्वव्यापार संगठनको सुधारले सहमतिद्बारा निर्णय संयन्त्रको पालना गर्नुपर्छ भन्ने चीनको तेस्रो सिद्धान्त रहेको उहाँले व्याख्या गर्नुभयो।

त्यसबाहेक उप-वाणिज्य मन्त्री वाङले चीनका पाँच धारणाको बारेमा पनि चर्चा गर्नुभयो।

जानकारी तथा लेखहरु