फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छङ्तुमा चीन-भारत सिमाना सम्बन्धी २१ औँ वार्ता

(GMT+08:00) 2018-11-24 16:31:14

आज नोभेम्बर २४ तारिख सछ्वान प्रान्तीय छङतुमा चिनियाँ विशेष प्रतिनिधि, राज्य परिषदका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले भारतीय विशेष प्रतिनिधि, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत कुमार डोभलसँगै चीन-भारत सिमाना सम्बन्धी विशेष प्रतिनिधिको २१ औँ वार्तामा भाग लिनुभएको छ।

वार्तामा परराष्ट्र मन्त्री वाङले चालु वर्षयता राष्ट्राध्यक्ष सी तथा प्रधानमन्त्री नरेन्द्र मोदी बीच ३ पटक गरी भेट-वार्ता भएको र विशेष गरी उहान वार्ता कोसेढुँगाका रुपमा स्थापित भएको बताउनुभयो। सो अर्थपूर्ण वार्ताबाटै आपसी सम्बन्धको विकासको लागि रणनीतिक दिशा दर्शाएको उहाँले बताउनुभयो। आपसी सम्बन्धमा चौतर्फी सुधार भएको प्रवृत्ति देखा परेको भन्दै विशेष प्रतिनिधिको वार्ता अवस्था पनि यसै प्रवृत्तिसँग अघि बढ्दै पारस्परिक सम्बन्धको लागि हितयुक्त वातावरण सिर्जना गर्नुपर्ने ठहर वाङले व्यक्त गर्नुभएको छ।

भारतीय प्रतिनिधि डोभलले आपसी सम्बन्धबारे चिनियाँ नेता वाङको सम्बोधनमा सहमति जनाउँदै विशेष प्रतिनिधि वार्ता अवस्थामार्फत नै दुई मुलुकका नेता बीच भएको उहान वार्तामा हासिल महत्वपूर्ण मतैक्यको कार्यन्वयन गर्ने इच्छा व्यक्त गर्नुभएको छ। दुइ पक्ष बीचको रणनीतिक सम्पर्क, राजनीतिक विश्वासको प्रवर्द्धन गर्दै न्यायोचित, निष्पक्ष तथा दुवै पक्षले स्वीकार गर्नसक्ने सीमा समस्या समाधान उपाय खोज्ने अपेक्षा पनि प्रकाश पार्नुभएको छ।

जानकारी तथा लेखहरु