फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गोर्खाबाट तिब्बत जोड्ने सडकको निर्माण कार्य तीब्र गतिमा

(GMT+08:00) 2018-11-25 14:12:58

गोर्खाबाट चीनको स्वायत्त प्रदेशत तिब्बतको सिमाना लार्के जोड्ने सडकको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले कामलाई तीव्रता दिएको छ। हाल २० किलोमिटर क्षेत्रमा काम भइरहेको नेपाली सेनाका मेजर निशान्त क्षेत्रीले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

बेनिघाट–लार्के सडक खण्डअन्तर्गत हावाडाँडाबाट काम सुरु गरेको सेनाले दोभानसम्मको क्षेत्रमा ट्रयाक खोल्नका लागि ७ खण्डमा काम गरिरहेको छ। लापुबेंसी, न्याउली, खानीबेंसी, माछाखोला, खोर्लाबेंसी र तातोपानी हुँदै दोभानसम्मको क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो। चालु आर्थिक वर्ष यारु बगरसम्म ट्रयाक खोल्ने लक्ष्य छ।

'ट्रयाक खोल्न प्रोकसम्मको करिब ४५ किमि क्षेत्रमा सर्भेको काम पनि सकिएको छ,' उहाँले भन्नुभयो। राष्ट्रिय गौरवको पहिलो प्राथमिकतामा परेको सडकको धेरैजसो भागमा कडा चट्टान रहेकाले विस्फोटक पदार्थको सहायता लिइएको उनले बताए। 'निकै चुनौती मानिएको दोभानको कालो पहरामा अहिले काम भइरहेको छ,' उहाँले भन्नुभयो, 'ठाडो पहरो ब्लास्टिङ गरेर फोड्दै छौं।'

अधिकांश ठाउँमा विस्फोटक पदार्थ प्रयोग नगरी काम गर्न गाह्रो रहेको उहाँको भनाइ छ। तातोपानीदेखि दोभानसम्मको ट्रयाक खोल्न सेनाले हाल दैनिकजसो विस्फोटन गर्ने गरेको छ। विस्फोटक पदार्थ प्रयोग गर्दा जोखिम हुने क्षेत्रमा बटुवा र स्थानीयलाई वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको क्षेत्रीले बताउनुभयो। 'ट्रयाक खोल्ने ठाउँ र पैदलमार्ग एउटै पनि छन्, जोखिम हुने ठाउँमा सम्बन्धित निकायलाई जानकारी गराएर वैकल्पिक बाटो प्रयोग गर्न पनि भनेका छौं,' उहाँले भन्नुभयो, 'उहियाका लागि अर्को विस्फोट गरेरै वैकल्पिक हिँड्ने बाटो बनायौं।'

सेनाले ट्रयाक खोलेसँगै हिउँदयाममा धार्चे गाउँपालिकाको केन्द्र माछाखोला नजिकैको च्युरे भीरसम्म गाडी आउजाउमा सहज हुने भएको छ। काम भइरहेकाले हाल सवारी चल्न भने रोक लगाइएको छ। मोटरेबल पुल नहाल्दासम्म बर्खामा माछाखोला र न्याउली खोला बढ्दा गाडीले आउजाउ गर्न नसक्ने स्थानीय बताउँछन्। गत आर्थिक वर्ष उक्त सडक खण्डको ट्रयाक खोल्न साढे ७ करोड विनियोजन भएको थियो। चालु आर्थिक वर्ष साढे ६ करोड विनियोजन भएको छ। उक्त ट्रयाक खोल्नका लागि नेपाली सेनासहित २ सय ३५ जना कामदार खटिएका छन्।

बेनीघाटदेखि लार्केसम्मको १ सय ८६ किमिमध्ये ६२ किमि सडकको काम सडक विभागले गरेको हो। हावाडाँडादेखि लार्केसम्मको १ सय १८ किमि ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ। २०७४ वैशाख ११ मा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले उक्त सडकको शिलान्यास गरेका थिए। उक्त ट्रयाक खोल्ने काम आर्थिक वर्ष २०७८/७९ सम्म सम्पन्न गर्ने लक्ष्य छ।

लार्केभञ्ज्याङसम्मको उक्त सडकको ट्रयाक खोलिएसँगै गुम्दा लापु, उहिया, काशीगाउँ, केरौंजा, सिर्दिबास, बिही, प्रोक र सामागाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्। उक्त सडक खण्डलाई तिब्बतदेखि वीरगन्जसम्मको सबैभन्दा छोटो दूरीका रूपमा पनि लिइएको छ।

उक्त सडक निर्माण भएसँगै दैनिक उपभोग्य सामग्री खरिद र आउजाउमा सहज हुने स्थानीय बताउँछन्। 'सडक बनेपछि त यहाँका मान्छेलाई धेरै सजिलो हुन्छ,' उहियाकी सरिता घलेले भन्नुभयो, 'खच्चडबाट चामल, नुन–तेल ल्याउँदा किनेको मूल्यभन्दा ढुवानी भाडा दोब्बर पर्छ। बाटो बने त जे कुरामा पनि सजिलो हुने भयो।'

ट्रयाक खोले पनि सवारी चल्ने अवस्था नभएको भन्दै स्थानीयले चिन्ता जनाए। 'सडक खोलेको ठाउँमा अहिल्यै गाडी चलिसकेको छैन,' धार्चे गाउँपालिका ३ उहियाका बुद्घिबहादुर घलेले भन्नुभयो, 'खोलामा पुल हालेर बाटो सफा गर्न सके टयाक्टरहरू त चल्न सक्ने बनाउन सकिन्थ्यो।' आकस्मिक दुर्घटनाले उत्तरी क्षेत्रका बासिन्दालाई निकै समस्यामा परेको उहाँले बताउनुभयो। 'यहाँको सबैभन्दा ठूलो समस्या भनेको अपर्झट हुने दुर्घटना हो। एकपल्ट हेली चार्टर गर्न १ लाख ५० हजार भनिदिन्छ।

जानकारी तथा लेखहरु