फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सिमा सम्बन्धि विशेष प्रतिनिधि वार्तामा महत्वपूर्ण मतैक्य

(GMT+08:00) 2018-11-25 15:35:05

हिजो नोभेम्बर २४ तारिख चीन-भारत सिमा सम्बन्धी विशेष प्रतिनिधिको २१ औँ वार्ता चीनको सछ्वान प्रान्तीय छङतुमा आयोजित भएको छ। चिनियाँ विशेष प्रतिनिधि एवं परराष्ट्र मन्त्री वाङ यी र भारतीय विशेष प्रतिनिधि राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत कुमार डोभलको सहभागितामा भएको सो वार्तामा सिमा समस्या, आपसी सम्बन्ध र साझा अभिरूचि भएका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय समस्याबारे गहन रूपमा बैचारिक आदानप्रदान भइ महत्वपूर्ण मतैक्य प्राप्त भएको छ। यस पटकको वार्ता साकारात्मक, रचनात्मक र आशातीत लक्ष्य प्राप्त गर्ने ठानिएको छ।

दुवै पक्षले विशेष प्रतिनिधि वार्ता अवस्था स्थापित भएयता हासिल महत्वपूर्ण उपलब्धिहरूको सिंहावलोकन गर्दै ती उपलब्धिहरूबाट वार्ता प्रक्रियालाई अघि बढाउनका लागि बलियो र महत्वपूर्ण जग बसालिएको सहमति जनाएका छन्।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच सिमा समस्याको उचित समाधान र आपसी सम्बन्धको विकासबारे प्राप्त गर्नुभएका महत्वपूर्ण मतैक्यको पालना गर्दै पारस्परिक सम्बन्धको मूल स्थिति तथा जनताको हित-कल्याणको आधारमा विशेष प्रतिनिधि वार्ता प्रक्रियालाई अघि बढाएर न्यायोचित, निष्पक्ष तथा दुवै पक्षले स्वीकार गर्नसकिने सिमा समस्या समाधान उपाय चाँडै नै पाउने सहमति दुवै पक्षले जनाएका छन्। सो अन्तिम समाधान उपाय पाउनुअघि संयुक्त रूपमा सिमा क्षेत्रको शान्ति तथा सुरक्षाको संरक्षण गर्ने सहमति पनि भएको छ।

सिमा क्षेत्रमा आपसी विश्वास प्रवर्द्धन कदम, मतभेद भएको विषयको उचित नियन्त्रण तथा सिमा समस्याको समाधान प्रारूपबारे दुइ पक्ष बीच गहन रूपमा सम्पर्क राखिएर महत्वपूर्ण मतैक्य प्राप्त भएको छ। साथै आ-आफ्नो सकारात्मक तथा रचनात्मक सुझाव पनि प्रस्तुत गरिएको छ।

दुई देशका नेताबीच सम्पन्न महत्वपूर्ण मतैक्यलाई नै सिमामा तैनाथ सेना लगायत दुवै पक्षका विभिन्न तहसम्म पुर्‍याउँदै सिमा सम्बद्ध विभागहरू बीचको सम्पर्क तथा समन्वयलाई मजबुत पार्ने सहमति दुई पक्षले जनाएका छन्।

सिमा क्षेत्रमा व्यापार तथा मानवीय आदानप्रदानको क्रमशः विस्तार गर्दै सिमा क्षेत्रमा मैत्रीपूर्ण सहयोग हुने जनमतको आधारलाई बलियो पारेर सिमा वार्ता तथा आपसी सम्बन्धको विकासको लागि राम्रो वातावरण सिर्जना गर्ने सहमति भएको छ।

विस्तृत उपलब्धि चाँडै प्राप्त गर्नको लागि सम्बद्ध छलफललाइ चाँडै शुरू गराउने सहमति दुवै पक्षले जनाएका छन्।

जानकारी तथा लेखहरु