फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीको स्पेन भ्रमणप्रति विभिन्न क्षेत्रको अपेक्षा

(GMT+08:00) 2018-11-25 15:36:48

स्पेनका राजा फिलिप छैटौँको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यही नोभेम्बर २७ देखि २९ तारिखसम्म स्पेनको राजकीय भ्रमण गर्नुहुने भएको छ। सो भ्रमण चीन-स्पेन दौत्य सम्बन्ध स्थापित भएको ४५ औं वार्षिकोत्सव मात्र नभई चीनका राष्ट्रनायकले १३ वर्षपछि फेरि स्पेनको भ्रमण गर्नुहुने छ। स्पेनका विभिन्न क्षेत्रले सो भ्रमणप्रति विभिन्न अपेक्षा व्यक्त गरेका छन्।

ओस्कार बेसेरा स्पेनको प्रथम ठूलो समाचारपत्र 'एल पाइस'का उप म्यानेजर हुनुहुन्छ। यस भ्रमणबाट आपसी सम्बन्धलाई अझ घनिष्ट र बलियो पार्ने आशा उहाँले व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीको स्पेन भ्रमणबाट पारस्परिक सम्बन्धमा बिँडो थामिनुका साथै चीन-यूरोप सम्बन्धमा पनि नयाँ जीवन्त शक्ति थपिने विश्वास स्पेन एसाद सेन्टर फोर ग्लोबल इकोनोमी एण्ड भूराजनीतिका प्रमुख जाभिएर सोलानाले गर्नुभएको छ।

जानकारी तथा लेखहरु