फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्र संघीय सुरक्षा परिषद्वारा चिनियाँ महावाणिज्य दूताबासमाथि भएको आक्रमणको विरोध

(GMT+08:00) 2018-11-25 15:38:10

राष्ट्र संघीय सुरक्षा परिषदका वर्तमान अध्यक्ष एवं चिनियाँ प्रतिनिधि मा चाउ स्युले हिजो नोभेम्बर २४ तारिख न्यूयोर्कमा सम्बोधन गर्दै कराँचीका लागि चिनियाँ महा वाणिज्य दूताबासमाथि भएको आक्रमण र सो आक्रमणबाट दुईजना पाकिस्तानी प्रहरीको मृत्यु भएको घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ।

त्यसका साथै सुरक्षा परिषदका सदस्यले गत २३ तारिख पाकिस्तानी खबेर पाक्थुम्बा प्रान्तको बजारनजिकै भएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।

सुरक्षा परिषदका सदस्यहरुले पाकिस्तान सरकारको चाँडै कारवाही गरेकोमा त्यसको प्रशंसा गर्नुका साथै मृतक तथा घाइतेका परिवाजन र पाकिस्तान सरकारलाई हार्दिक समवेदना व्यक्त गरेका छन्।

कुनै पनि शक्तिले कुटनीति र वाणिज्य दुतावासमाथि आक्रमण गर्न नहुने आधारभूत सिद्धान्तमा सदस्यहरुले जोड दिएका छन्। साथै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा सबै खालका आतंकवाद नै सबैभन्दा कडा धम्की भएको सदस्यहरुले दोहोर्‍याएका छन्।

जानकारी तथा लेखहरु