फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विकासका अनुभव चीनले अरु देशलाई बाँड्नुपर्ने बान कि मूनको भनाइ

(GMT+08:00) 2018-11-25 16:12:53

पोआउ एशिया मञ्च समितिका प्रमुख एवं संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान की मूनले सोलमा सिन्ह्वा समाचार समितिलाई अन्तर्वार्ता दिँदै सन् १९७८ मा सुधार तथा खुलापना सुरु भएदेखि चिनियाँ समाजले ठूलो परिवर्तन हालिस गरेको र यसका लागि चीनले अत्यन्त कठिन अनुभव लिएकाले उक्त अनुभव अरु देशलाई बाँड्नुपर्ने विचार व्यक्त गर्नुभयो।

सन् १९७८ मा चीनको कूल गाहर्स्थ उत्पादन विश्व अर्थतन्त्रमा जम्मा २ प्रतिशतभन्दा कम रहेको थियो भने हाल विश्वको दोस्रो ठूलो आर्थिक समुदाय बनेको छ। संयुक्त राष्ट्र संघबाट प्रकाशित तथ्याङ्क अनुसार, विश्वव्यापी रुपमा गरिबीको रेखामुनिको जनसंख्य सन् १९९० मा १ अर्ब ९० करोड रहेकोमा सन् २०१५ मा ८३ करोड ६० लाख भएको छ। जसले राष्ट्र संघीय सहस्राब्दी विकास लक्ष्यलाई साकार तुल्याएको छ। सुधार र खुलापनदेखि चालीस वर्षमा गरिबी मुक्त क्षेत्रमा चीनले गहन प्रयास गरेको छ। तसर्थ राष्ट्र संघीय विकास लक्ष्य साकार बनाउन चीनले सहयोग गरेको छ। चीनले सन् २०२० सम्म निरपेक्ष गरिबी हटाउने लक्ष्यका लागि प्रयास गरिरहेको छ। विश्व गरिबी निवारणमा यसले महत्वपूर्ण अर्थ राख्नेछ।

अन्तर्राष्ट्रिय समाजमा चीनले झन् झन् महत्वपूर्ण भूमिका खेलेको बान कि मूनले बताउनुभयो। विकासोन्मुख मुलुकलाई चीनद्बारा दिइएको समर्थनप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो।

राष्ट्र संघीय महासचिवको कार्यावधिमा जलवायु परिवर्तन, सामाजिक विकासलगायत क्षेत्रमा विश्वव्यापी समस्याको समाधान गर्न चीनले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बान कि मूनले प्रकट गर्नुभयो। ती समस्यमा चीनले आफ्नो बचनबद्धतालाई व्यवहारमा उतारेको छ।

जानकारी तथा लेखहरु