फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्ष चीनको जी.डी.पी.को बृद्धि दर ६.६प्रतिशत

(GMT+08:00) 2018-11-25 16:13:43

चीनका अर्थविदहरूले हिजो नोभेम्बर २४ तारिख पैचिङमा एक समष्टिगत आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै चालू वर्ष चीनको वास्तविक कूल गार्हस्थ उत्पादनको बृद्धि दर ६.६ प्रतिशत हुने र आउने वर्षमा ६.३ प्रतिशत हुने प्रक्षेपण गरेका छन्।

चीनको समष्टिगत अर्थ मञ्च २०१८-२०१९ नोभेम्बर २४ तारिख चीन जन विश्वविद्यालयमा आयोजित भयो। सो विश्वविद्यालयका उप कूलपति एवं अर्थशास्त्र स्कूलका प्रमुख लिउ युआनछुनले 'सुधार तथा खुपालनमा चीनको समष्टिगत अर्थतन्त्र' प्रतिवेदनमार्फत ती तथ्याङ्क सार्वजनिक गर्नुभएको हो।

सन् २०१९ मा चीनको अर्थ सामान्य मन्द अवस्थाबाट मुक्त भइ उच्चगुणस्तरीय विकास बाटोमा मोड्ने निर्णायक वर्ष हो भन्ने ठहर पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु