फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-ल्याटिन अमेरिका भाग्य एकरुपतासमक्ष रहेका मौका र चुनौती

(GMT+08:00) 2018-11-26 14:30:31

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भोलि २७ तारिखदेखि स्पेन, अर्जेन्टिना, पानामा र पोर्चुगलको राजकीय भ्रमण गर्नुका साथै ब्यूनस् आयरेसमा हुने २० मुलुक समूहको शिखर सम्मेलनमा भाग लिनुहुने छ। हालै अन्तर्राष्ट्रिय परिस्थितिमा विभिन्न अनिश्चितता, अस्थिर कारकतत्व वृद्धि भएको पृष्ठभूमिमा, चीन र अर्जेन्टिना, पानामा आदि ल्याटिन अमेरिकी मुलुक समक्ष संयुक्त चुनौती रहनुका साथै भाग्य एकरुपतालाई विकास गर्ने मौका पनि आएको छ।

चीन र ल्याटिन अमेरिका तथा क्यारेबियन समुद्री क्षेत्र मुलुकबीचको अन्तर फराकिलो भए तापनि सबै नवोदित आर्थिक समुदाय र विकासोन्मुख मुलुक हुनुका साथै विश्व शान्ति र विकास संरक्षित महत्वपूर्ण शक्ति हुन्। दीर्घकालदेखि दुई पक्षले आफ्ना वास्तविक परिस्थिति अनुरुप विकासको बाटो खोज्दै आएको र दुवैले प्रशस्त उपलब्धि पनि हासिल गरेका छन्।

केही वर्षयता, चिनियाँ राष्ट्रानायकले चीन-ल्याटिन अमेरिकी सम्बन्ध र विभिन्न क्षेत्रको सहयोगलाई प्रवर्द्धन गर्न श्रृंखलावद्ध महत्वपूर्ण प्रस्ताव र कदम प्रस्तुत गर्नुभएको थियो। यसको उद्देश्य ल्याटिन अमेरिकासँग एकरुपताको मानव भाग्य स्थापना गर्ने भन्ने रहेको छ। राष्ट्राध्यक्ष सीको चौथो पटकको ल्याटिन अमेरिका भ्रमणले चीन-ल्याटिन अमेरिकी सम्बन्धमा नयाँ जीवन्त शक्ति थप्ने मात्र नभई दुवै पक्षले अन्तर्राष्ट्रिय शासन र सहयोगमा धेरै मौका ल्याउने अवसर छन्।

जानकारी तथा लेखहरु