फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सुधार र खुलापनले विश्वको प्रगति र समृद्धिमा योगदान गरेको प्रबुद्ध मण्डलको भनाइ

(GMT+08:00) 2018-11-26 14:31:13

यस वर्ष चीनमा सुधार र खुलापनको नीति लागू भएको चालीसौं वार्षिकोत्सव हो। हालै धेरै चीन-विदेशी प्रबुद्ध मण्डल र वाणिज्य क्षेत्रका व्यक्तिहरूले पैचिङमा बोल्दै सुधार र खुलापनले चीनको मैत्रीपूर्ण राष्ट्रिय शक्तिलाई बलियो बनाएको मात्र नभई जनताको जीवनस्तर उच्चतम् रुपमा सुधार भएको र विश्वको प्रगति र समृद्धिमा पनि सक्रिय योगदान गरेको छ। निरन्तर रुपमा नयाँ चरणको सुधार तथा उच्चस्तरिय खुलापनलाई घच्घच्याउने सुधार र खुलापनको इतिहासलाई राम्ररी सम्झना गर्ने उपाय रहेको उनीहरुले बताएका छन्।

हालै आयोजित अन्तर्राष्ट्रिय अध्ययन प्रबुद्ध मण्डल मञ्च 2018 वार्षिक सम्मेलनमा चीन-विदेशी प्रबुद्ध मण्डल र राजनैतिक वाणिज्य क्षेत्रका व्यक्तिहरूले 'सुधार र खुलापन लागू गरिएको चालीसौं वार्षिकोत्सवको पृष्ठभूमिमा चीन' शीर्षकमा हार्दिक छलफल गरेका छन्।

यस वर्ष चीनले सुधार र खुलापन क्षेत्रमा श्रृंखलावद्ध नयाँ कदम चालेको छ। यसमा अझ आकर्षित विषय भनेको वाणिज्य वातावरणको स्थापना, धेरै सामग्रीको आयातमा भन्सार करको न्यूनीकरण आदि कदम समावेश छन्।

जानकारी तथा लेखहरु