फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलवायु परिवर्तनका क्षेत्रमा चीनले सक्रियता कायम राख्ने

(GMT+08:00) 2018-11-26 16:50:11

'संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन प्रारुप सम्मेलन'चौब्बीसौं सदस्य सम्मेलन डिसेम्बरको आरम्भमा पोल्याण्डको क्याटोभिसमा आयोजना हुने भएको छ। त्यति बेला विभिन्न सदस्यले 'पेरिस सन्धि'को अवलम्बन नियमलाई छलफल गरी पारित गर्ने छन्। चिनियाँ जलवायु परिवर्तन मामिला विशेष प्रतिनिधि से चन ह्वाले आज २६ तारिख पैचिङमा बोल्दै चीनले दृढता र सक्रियताका साथ जलवायु परिवर्तनको सामना गरी यस पटकको सम्मेलनमा 'पेरिस सन्धि'को अवलम्बन नियमको वार्ता कार्यभारलाई पूरा गर्ने अपेक्षा लिएको बताउनुभयो।

चिनियाँ जलवायु परिवर्तन मामिला विशेष प्रतिनिधि से चन ह्वाले सोही दिन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महाधिवेशनबाट तीन वटा अपेक्षा लिएको बताउनुभएको छ। पहिलो, सन् 2015 'पेरिस सन्धि'पारित भएको थियो, यस पटकको सम्मेलनमा अवलम्बन नियमलाई निश्चित पार्नुपर्ने छ। दोस्रो, विभिन्न मुलुकले आफ्ना मुलुकमा जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त सबैभन्दा राम्रो अनुभवबारे जानकारी दिनेछ। तेस्रो भनेको 'पेरिस सन्धि'लाई अवलम्बन गर्ने पूँजी समस्याबारे छलफल गर्नेछ।

वायु परिवर्तनको सामना गर्न मानव जातिले हरित, कम कार्बन विकासको बाटोमा पालना गर्नुपर्ने प्रतिनिधि सेले पनि जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु