फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतबीच सीमा सम्झौता-वार्ताबारे श्रृंखलावद्ध राय-सुझाव प्रस्तुत

(GMT+08:00) 2018-11-26 18:34:59
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले 26 तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा हाल आयोजना गरिएको चीन-भारत सीमा समस्या सम्बन्धी विशेष प्रतिनिधि भेटघाटमा सीमा सम्झौता-वार्तालाई अघि बढाउने विषयबारे श्रृंखलावद्ध सकारात्मक राय-सुझाव प्रस्तुत गरिएको जानकारी दिनुभएको छ।

गत नोभेम्बर 24 तारिख चिनियाँ विशेष प्रतिनिधि, राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी तथा भारतका विशेष प्रतिनिधि अर्थात् राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलबीच चीनको सछ्वानको छङ तुमा चीन-भारत सीमा समस्या सम्बन्धी विशेष प्रतिनिधिको 21 औँ भेटघाट गरिएको थियो। प्रवक्ता कङका अनुसार, जुन राष्ट्राध्यक्ष सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको ऊ हान भेट-वार्तापछि अर्थात् वाङ यी राज्य परिषद्का सदस्यबाट चिनियाँ विशेष प्रतिनिधिमा परिणत गरिएपछि आयोजित पहिलो विशेष प्रतिनिधि भेटघाट हो। भेटघाटमा दुवै पक्षले सदिच्छापूर्वक सीमा समस्या, द्विपक्षीय सम्बन्ध र साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरूबारे गहन रुपमा वैचारिक आदान-प्रदान गरेका छन्।

जानकारी तथा लेखहरु