फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा स्पेन, अर्जेन्टिना आदि मुलुकको राजकीय भ्रमण शुरु

(GMT+08:00) 2018-11-27 14:27:13

आज नोभेम्बर सत्ताईस तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा पैचिङबाट स्पेन, अर्जेन्टीना, पनामा र पोर्चुगलको राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। अर्जेन्टिनाको ब्यूनस आयर्समा आयोजना हुने बीस मुलुक समूह राष्ट्रानायकको तेह्रौं शिखर सम्मेलनमा पनि राष्ट्राध्यक्ष सीले भाग लिनुहुनेछ।

राष्ट्राध्यक्ष सीको साथमा उहाँको धर्मपत्नी फङ्ग ली युआन, चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रिय राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय सचिवालयका सचिव एवम् कन्द्रिय कार्यालयका प्रमुख तिङ्ग स्ये स्याङ्ग, चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रिय राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय वैदेशिक मामिला कार्यालयका प्रमुख याङ्ग चे छ र चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ्ग यी लगायत पदाधिकारीहरूले पनि सो भ्रमण दलमा भाग लिएका छन्।

जानकारी तथा लेखहरु