फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान मित्रतालाई ध्वस्त पार्न खोज्नेहरू सफल नहुने

(GMT+08:00) 2018-11-27 18:00:47

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले 27 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीन-पाकिस्तान मित्रतालाई ध्वस्त पार्न खोजेका सबै कारवाई सफल नहुने कुरा औँल्याउनुभएको छ। पाकिस्तान देशभित्रको सुरक्षा र स्थिरताको संरक्षण गर्नुका साथै पाकिस्तानमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षाको संरक्षण गर्न पाकिस्तान सक्षम रहेको विश्वास चीनले गरेको पनि प्रवक्ता कङले बताउनुभयो।

पाकिस्तानी पक्षले छानबीन र सर्वेक्षण गरेको अवस्था बमोजिम गत 23 तारिख कराँचीका लागि चिनियाँ महावाणिज्य दूतावासमाथि गरिएको आक्रमण एउटा आतंकवादी हमला काण्ड नै हो। त्यस घटनाबाट दुईजना पाकिस्तानी सुरक्षाकर्मीको ज्यान जानुका साथै अन्य दुईजना सुरक्षाकर्मी घाइते भएको र दुईजना सर्वसाधारणको मृत्यु भएको छ। तीनजना सशस्त्र तत्व मारिएका छन्।

उक्त काण्ड देखा परेपछि पाकिस्तानी प्रधानमन्त्री इम्रान खानले विशेषत: कराँचीका लागि चिनियाँ महावाणिज्य दूतलाई टेलिफोन गर्दै समवेदना व्यक्त गर्नुभएको थियो।

जानकारी तथा लेखहरु