फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री तथा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का सदस्य मुलुकको स्थायी प्रतिनिधि मण्डलसँग भेटघाट

(GMT+08:00) 2018-11-27 18:21:19

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले नोभेम्बर 26 तारिख जन बृहत् सभा भवनमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का सदस्य मुलुकको स्थायी प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभएको छ।

भेटका अवसरमा परराष्ट्र मन्त्री यीले संयुक्त राष्ट्र संघ प्रतिनिधित्व र आधिकारिक अन्तर्राष्ट्रिय संगठन हुनुका साथै बहुपक्षीयतावादको प्रतीक र बहुपक्षीय व्यवस्थाको केन्द्र पनि हो भन्ने कुरा औँल्याउनुभयो। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षणका लागि आवश्यक रचनात्मक भूमिका निर्वाह गर्दै जान चीन इच्छुक रहेको कुरामा पनि उहाँले जोड दिनभुएको छ।

भेटका क्रममा रुस, बेलायत, दक्षिण अफ्रिका, इण्डोनेशिया, कुवेत, अमेरिका, कजाकिस्तान र बोलिभियाका प्रतिनिधिहरूले सम्बोधन गर्दै चीनसँग मिलेर आपसी सहकार्यलाई सबल पारी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षण गर्ने आशा पनि व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु