फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्वारा रुस र युक्रेनलाई संयम राख्न सुझाव

(GMT+08:00) 2018-11-27 19:21:15

संयुक्त राष्ट्र संघस्थित चिनियाँ आवासीय उपप्रतिनिधि उ हाई थाउले नोभेम्बर छब्बीस तारिख रुस र युक्रेनलाई संयम राखेर तनावपूर्ण परिस्थिति अझ गम्भीर हुनबाट जोगाउन तथा वार्ता र परामर्शमार्फत सम्बन्धित समस्याको समाधान गर्न सुझाव दिनुभएको छ।

सोहि दिन आयोजित संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को युक्रेन समस्या सम्बन्धी सार्वजनिक बहसमा प्रतिनिधि उ हाई थाउले रुस र युक्रेनका युद्धपोतले केच जल डमरु वरिपरि समुद्री क्षेत्रमा तनाव उत्पन्न गराएकोमा चीनको उच्च ध्यानाकर्षण प्रकट गर्नुभएको हो।

चीनले युक्रेन संकटमा निरन्तर वास्तविक र निष्पक्ष अडान लिएर सम्बन्धित सबै मुलुकको सार्वभौमिकता र प्रादेशिक अखण्डतालाई सम्मान गर्ने बताउँदै केही विहेशी शक्तिले युक्रेनको आन्तरिक मामिलालाई हस्तक्षेप गरेमा चीनले कडा विरोध गर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु