फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपप्रधानमन्त्री लिउ ह जर्मनीको भ्रमण गरी आठौं चीन—यूरोप मञ्च हैम्वर्ग शिखर सम्मेलनमा सहभागी

(GMT+08:00) 2018-11-28 15:05:55

स्थानीय समय अनुसार नोभेम्बर पच्चीस तारिखदेखि अठाईस तारिखसम्म चीनको राज्य परिषद्का उपप्रधानमन्त्री लिउ हले जर्मनीको भ्रमण गर्नुभएको छ। भ्रमणको क्रममा उहाँले जर्मनी चान्सलर एंगेला मर्केलसँग भेटघाट गर्नुका साथै आठौं चीन—यूरोप मञ्च हैम्वर्ग शिखर सम्मेलनमा सहभागी भएर मुख्य सम्बोधन पनि दिनुहुने छ।

उपप्रधानमन्त्री लिउ हले राष्ट्राध्यक्ष सीको मौखिक सन्देश हस्तान्तरण गर्दै राष्ट्राध्यक्ष सीले चीन र जर्मनी सम्पूर्ण रणनीतिक साझेदार र विभिन्न क्षेत्रको सहयोगमा राम्ररी विकासको प्रवृत्तिमा रहेको मुलुक भएको सुनाउनुभयो। उपप्रधानमन्त्री लिउ हले चीनले जर्मनीसँग दुई मुलुकका नेतागणले जनाउनुभएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने, चीन जर्मनी मौद्रिक, व्यापार, लगानी आदि क्षेत्रको सहयोगलाई निरन्तर गहिरो विकास पार्ने बताउनुभयो।

भ्रमणको क्रममा उपप्रधानमन्त्री लिउ हले जर्मनीका उपप्रधानमन्त्री एवम् वित्तमन्त्री, जर्मनीका अर्थतन्त्र र उर्जा श्रोत मन्त्री लगायत पदाधिकारीहरूसँग भेटवार्ता गर्ने योजना छ।

जानकारी तथा लेखहरु