फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा म्याड्रिडमा स्पेनी राजासँग भेटघाट

(GMT+08:00) 2018-11-28 16:00:12

स्थानीय समय अनुसार नोभेम्बर सत्ताईस तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले म्याड्रिडको जारजुएला दरबारमा स्पेनका राजा फिलिप छैठौँसँग भेटघाट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले राजा फिलिप छैठौँको निमन्त्रणामा सुन्दर स्पेनको भ्रमण गरेकोमा निकै खुशी लागेको बताउँदै सन् 2005 मा चीन र स्पेनले सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धको स्थापना गरेयता, दुई मुलुकबीच सम्बन्धको विकास स्तर निरन्तर उकासिएको, आपसी राजनैतिक विश्वास दिन प्रतिदिन सबल भएको, सहयोगका क्षेत्रहरू निरन्तर विस्तृत पारिएको र जनस्तरीय आवतजावत पनि अझै घनिष्ठ भएको औंल्याउनुभयो।

यस पटकको भ्रमणमार्फत दुई मुलुकको मित्रतालाई सुदृढ पार्ने, सहयोग स्तरलाई उकास्ने, चीन-स्पेन सम्बन्ध स्थिर र दीर्घकालीन रुपमा विकास गर्ने आशा पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

राजा फिलिप छैठौँले राष्ट्राध्यक्ष सीले स्पेनको राजकीय भ्रमणका लागि हार्दिक स्वागत गर्नुका साथै स्पेनले चीनसँगको मैत्रीपूर्ण आदानप्रदान र सहयोगमा उच्च मह्त्व दिंदै आएको बताउँदै चीनसँग घनिष्ट आदानप्रदानलाई कायम राख्दै जाने, व्यवहारिक सहयोगलाई उकास्ने र युरोप-चीन सम्बन्धलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु