फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले वैज्ञानिक-प्राविधिक क्षेत्रको सिर्जनशीलता र दिगो विकासलाई कायम राख्ने

(GMT+08:00) 2018-11-28 16:25:11

चीनका विज्ञान-प्रविधि उपमन्त्री स्यु नान फिङले 27 तारिख पैचिङमा दिगो विकास कायम राख्नु नै सारा विश्वको मतैक्य बनेको भन्दै चीनले वैज्ञानिक र प्राविधिक क्षेत्रमा सिर्जनशीलता, सुधार र खुलापन तथा दिगो विकासको विचारधारालाई कायम राख्नुका साथै जनताको जीवन-स्तर माथि उठ्ने र वातावरणीय सुधार हुने विषयमा अझ ख्याल-विचार गर्दैजाने कुरा बताउनुभएको छ।

संयुक्त राष्ट्र संघको "सन् 2030को दिगो विकास सम्बन्धी कार्यसूची" गत सन् 2016 देखि औपचारिक रुपमा शुरु भएको हो। त्यस कार्यसूचीले कदम चालेर सारा विश्वको सामाजिक, आर्थिक र वातावरणीय दिगो विकासको लक्ष्यलाई साकार तुल्याउनका लागि प्रयास गर्न विभिन्न मुलुकसँग आह्वान गरेको छ।

उक्त कार्यसूचीको हस्ताक्षरकर्ता मुलुकको हैसियतले चीनले सन् 2017 मा सर्वप्रथम चीनले "सन् 2030को दिगो विकास सम्बन्धी कार्यसूची कार्यान्वयन प्रगति प्रतिवेदन" सार्वजनिक गर्दै प्रारम्भिक रुपमा चीनले राष्ट्रिय तहबाट चालेको कदम र सङ्कलन गरेको अनुभवबारे जानकारी दिएको छ।

जानकारी तथा लेखहरु