फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र युरोपले खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्नुपर्नेमा जोड

(GMT+08:00) 2018-11-28 19:07:32

चीनका उपप्रधानमन्त्री लिउ हले 28 तारिख जर्मनीको भ्रमण सिध्याउनुभयो। जर्मनीको भ्रमण अवधिमा उहाँले जर्मनीका चान्सलर एङ्गेला मर्केलसँग भेटघाट गर्नुबाहेक आठौं चीन-युरोप मञ्च हम्वर्ग शिखर सम्मेलनको समापन समारोहलाई पनि सम्बोधन गर्नुभएको छ। व्यापारिक संरक्षणवादबाट सारा विश्वका लागि पारिएको नकारात्मक असर झन् स्पष्ट हुँदै आएको पृष्ठभूमिमा चीन-जर्मनी र चीन-युरोपले सँगै मिलेर खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्ने कुराबाट बाह्य जगतसमक्ष दिइएको सकारात्मक संकेत सारा विश्व अर्थतन्त्रलाई स्थिर पार्नका लागि ज्यादै महत्वपूर्ण छ।

बेलायती "बैङ्किङ् टाइम्स"ले जनाए अनुसार, चीनले बीस मुलुक समूहको शिखर सम्मेलन शुरु हुनुअघि सकारात्मक आधारको स्थापना गर्न खोजेको छ। वास्तवमा खुला विश्व अर्थतन्त्रको स्थापना गर्नु कुनै मुलुकको सिर्जना होइन, बरु जुन अपरिवर्तनीय ऐतिहासिक प्रवृत्ति र युगको प्रवाह नै हो।

खुलापनबाट आर्थिक वृद्धिलाई अघि बढाइनुका साथै साझा समृद्धिको सपना पूरा हुनका लागि पनि सघाउ पुग्ने छ। वृद्धिले मानिसहरूको जीवन स्तरलाई माथि उकासेको मात्र नभई वृद्धि विश्व शान्तिको आधार पनि हो।

चीन र जर्मनी बहुपक्षीय रणनीतिक साझेदार हुन्। दुवै देशबीच विश्व अर्थतन्त्रको संरक्षण गर्ने सम्बन्धमा सहकार्य हुने निकै ठूलो क्षेत्र रहेको छ। दुई मुलुक विश्वका ठूला व्यापारिक मुलुक हुनुका साथै सारा विश्वमा रहेका महत्वपूर्ण वैदेशिक लगानीकर्ता मुलुक पनि हुन्। के भन्न सकिन्छ भने दुई देशको आर्थिक विकास खुला विश्व बजारबाट लाभान्वित हुने छ।

व्यापारिक युद्धमा कोही पनि विजेता हुँदैन भन्ने कुरा चीन र युरोपबीच धेरै पहिलेदेखि सम्पन्न भएको उच्च मतैक्यता हो।

जानकारी तथा लेखहरु