फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा म्याड्रिड नगरको स्वर्ण कुञ्जीको ग्रहण

(GMT+08:00) 2018-11-29 09:41:32

नोमेम्बर २८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले म्याड्रिड नगरको प्रशासनिक भवनमा म्याड्रिड नगरको स्वर्ण कुञ्जी ग्रहण गर्नुभएको छ।

यसका साथै राष्ट्राध्यक्ष सीले सम्बोधन पनि गर्नुभएको छ। आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले म्याड्रिडको भ्रमण र म्याड्रिड नगरको स्वर्ण कुञ्जी ग्रहण गर्न पाएकोमा आफूलाई खुसी लागेको व्यक्त गर्नुभयो। उक्त स्वर्ण कुञ्जीबाट व्यक्तिगत रूपमा मात्र सम्मान दिइएको नभई चिनियाँ नागरिकप्रति स्पेनी जनताको मित्रभाव पनि दर्शाइएको व्यक्त गर्नुभएको छ। म्याड्रिड र चीन बीचको आदानप्रदान तथा सहयोगबाट निरन्तर नयाँ प्रगति हासिल गरिएबाट चीन-स्पेन सम्बन्धको विकासका लागि अझ बढी ठूलो योगदान पुग्ने आशा पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

सोही दिन राष्ट्राध्यक्ष सीले स्पेनको शहीद स्मारक स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो।

जानकारी तथा लेखहरु