फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङको स्वागतमा स्पेनी राजाद्वारा भव्य स्वागत समारोहको आयोजना

(GMT+08:00) 2018-11-29 09:42:28

नोभेम्बर २८ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको स्वागतमा स्पेनी राजाद्वारा आयोजित भव्य स्वागत समारोहमा सी चिन फिङ उपस्थित हुनुभएको छ।

सो क्रममा म्याड्रिडको दरबार बाहिरको बाटो छेउमा "राष्ट्राध्यक्ष सीको स्वागत" शीर्षकको ब्यानर झुण्ड्याइएको थियो। स्थानीय सर्वसाधारण, स्पेनमा बसोबास गर्ने चिनियाँ नागरिक तथा चिनियाँ प्रवासी, स्पेनमा अध्ययनरत् चिनियाँ विद्यार्थी र चिनियाँ व्यवसायीले चीन तथा स्पेनका राष्ट्रिय झण्डा फरफराउँदै उत्साहित रुपमा राष्ट्राध्यक्ष सीको स्वागत गरेका थिए।

उक्त स्वागत समारोहमा दिङ श्ये स्याङ, याङ चे छ, वाङ यी तथा ह लि फिङ लगायतका चिनियाँ नेताहरूले पनि भाग लिनुभएको थियो।

जानकारी तथा लेखहरु