फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र स्पेनका प्रधानमन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2018-11-29 09:47:09

नोभेम्बर २८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले म्याड्रिडमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पेरेज कास्तेयोनसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सी चिन फिङले दुई देशको दौत्य सम्बन्ध स्थापना भएयता द्वीपक्षीय सम्बन्ध स्वस्थ तथा स्थीर रुपमा विकास भइरहेको व्यक्त गर्नुभएको छ। चीन-स्पेन सम्बन्धको विकास र वेल्ट एन्ड रोडको निर्माणमा प्रधानमन्त्रीले सक्रिय रुपमा समर्थन दिइरहेकोमा चीनले उच्च प्रशंसा गरेको भन्नुहुँदै चीनले स्पेनसँगको मित्रतामा ध्यान दिनुका साथै स्पेनसँग चीन-स्पेन चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई बढाउने इच्छा लिएको पनि व्यक्त गर्नुभयो। चीनले युरोपको एकीकृत निर्माणमा समर्थन दिएको र चीन र स्पेनले अन्तर्राष्ट्रिय व्यवस्थापनको संरक्षण तथा विश्व प्रशासनको प्रबर्द्धनमा आपसी समर्थन र सहयोग बढाउनुपर्ने पनि सीले दोहोर्‍याउनुभयो।

स्पेनका प्रधानमन्त्री सान्चेजले स्पेन र चीनबीचको महत्वपूर्ण व्यापार साझेदारी सम्बन्ध भइसकेको भन्दै नयाँ अवस्थामा स्पेनले चीनसँग राजनीतिक आपसी विश्वास र विभिन्न क्षेत्रको आवत-जावत तथा सहयोगलाई बढाउने इच्छा लिएको व्यक्त गर्नुभयो। उहाँले स्पेनले वेल्ट एन्ड रोड निर्माणमा सक्रिय रुपमा भाग लिने इच्छा लिएको भन्दै स्पेनले बहुपक्षीयवादमा अडिग रहेर चीनसँग मिलेर युरोप-चीन सम्बन्धको स्वस्थ तथा स्थीर विकासलाई बढाउने इच्छा लिएको उल्लेख गर्नुभयो।

वार्तापछि आयोजित विविध दौत्य सहयोग पत्रको हस्ताक्षर कार्यक्रममा उहाँहरु दुवै जनाको उपस्थिती रहेको थियो। साथै दुई पक्षले जन गणतन्त्र चीन र स्पेन राज्यबीच नयाँ अवधिमा चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको संयुक्त वक्तव्यको प्रकाशित गरेको छ।

जानकारी तथा लेखहरु