फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा स्पेनको सिनेट र प्रतिनिधि सभालाई सम्बोधन

(GMT+08:00) 2018-11-29 09:52:52

नोभेम्बर २८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले म्याड्रिडमा स्पेनको सिनेट र प्रतिनिधि सभालाई सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङले यस वर्ष चीनको सुधार तथा खुलापनको चालीसौँ वर्ष भएको र स्पेनको वर्तमान संविधान सार्वजनिक भएको चालीस वर्ष पुगेको बताउनुहुँदै चालीस वर्षयता चीन र स्पेनले देशको राष्ट्रिय अवस्थासँग अनुकूल रहेको विकास बाटोमा अडिग रहेर राष्ट्रिय समृद्धि र सामाजिक प्रगति गरेको व्यक्त गर्नुभयो। चीनले स्पेनको सिनेट र प्रतिनिधि सभासँगको मैत्रीपूर्ण आदान-प्रदानलाई बढाउनुका साथै स्पेनी सांसदहरूले दुई देशको मैत्रीपूर्ण कार्यमा थप सहयोग गरी दुई देश सम्बन्धलाई बढाउने आशा लिएको सीले बताउनुभयो।

स्पेनको सिनेटका प्रमुख पियो कार्सिया एसकुडेरोले चीन र स्पेनबीच सर्वोच्च साझेदारी बनेको भन्दै स्पेनले चीनसँग द्वीपक्षीय रूपमा विभिन्न क्षेत्र तथा विश्व मामिलाको सहयोगलाई बढाएर संविधानबीचको आदान-प्रदानलाई गहन पारी स्पेन-चीन सम्बन्धको अरु विकास गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु