फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र स्पेनका प्रधानमन्त्रीद्वारा चीन र स्पेन व्यापार परामर्श समितिका प्रतिनिधिसँग भेटवार्ता

(GMT+08:00) 2018-11-29 10:07:42
नोभेम्बर २८ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र स्पेनका प्रधानमन्त्री सान्चेजले चीन स्पेन व्यापार परामर्श समितिका चिनियाँ तथा स्पेनी प्रतिनिधिहरुसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन स्पेन व्यापार परामर्श समितिको स्थापना तथा यस समितिद्वारा आयोजना गरिएको पहिलो सम्मेलनको सफलताको कामना गर्नुभएको छ। उहाँका अनुसार यस समिति यी दुबै मुलुकबीचको आर्थिक तथा व्यापारिक सहयोगको एक महत्वपूर्ण मञ्च बनेको छ। चीन र स्पेनबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको १३ वर्षयता यी दुबै मुलुकबीचको आर्थिक तथा व्यापारिक उपलब्धि उल्लेखनीय देखिन्छ। यी दुबै मुलुकका व्यवसाय तथा औद्योगिक वाणिज्य क्षेत्रको संयुक्त प्रयासमा नयाँ अवधिको चीन र स्पेनको आर्थिक तथा व्यापारिक सहयोगले नयाँ योगदान सिर्जना गर्ने विश्वास राष्ट्राध्यक्ष सीले लिनुभएको छ।

प्रधानमन्त्री सान्चेजले वर्तमान चीनको अर्थतन्त्र र संस्कृति शक्तिशाली रहेको भन्दै चीन स्पेनको महत्वपूर्ण व्यापारिक साझेदारी र मुख्य निर्यात गन्तव्यहरुमध्ये एक बनेको बताउनुभयो। उहाँका अनुसार, स्पेन सरकारले चीनसँगको आर्थिक तथा व्यापारिक सहयोगलाई प्रबर्द्धन गर्न समर्थन दिँदै जाने छ।

जानकारी तथा लेखहरु