फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष स्पेनका राजाद्वारा आयोजित स्वागत भोजमा सरीक

(GMT+08:00) 2018-11-29 10:08:03

नोभेम्बर २८ तारिख राती स्पेनको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ स्पेनका राजा फिलिप छैठौंद्वारा म्याड्रिड शाही महलमा आयोजित स्वागत भोजमा सरीक हुनुभएको छ।

सो क्रममा राजा फिलिपले स्पेन, स्पेन सरकार र स्पेनका जनताको तर्फबाट राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत गर्नुभएको छ। उहाँका अनुसार स्पेन र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्षयता यी दुबै पक्षले सधैं पारस्परिक सम्मान तथा विश्वासका साथ संयुक्त विकास गर्दै आएका छन्। राष्ट्राध्यक्ष सीको यस स्पेनको भ्रमणले यी दुबै मुलुकका जनताबीचको गहन मित्रता मात्र नभइ यी दुबै मुलुकबीचको सम्बन्धको विकासमा एउटा नयाँ महत्वपूर्ण कोशेढुङ्गा भएको पनि राजा फिलिपले बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चालू वर्ष चीन र स्पेनबीचको दौत्य सम्बन्ध स्थापना भएको ४५औं वार्षिकोत्सव भएको बताउनुहुँदै यस सुअवसरमा यी दुबै मुलुकले उच्च तहबीचको आदानप्रदानलाई कायम राख्दै संयुक्त रुपमा "एक पेटी एक मार्ग"लाई प्रबर्द्धन गर्ने सहमति भएको व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु