फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीको नामसहितको लेख अर्जेन्टाइन सञ्चारमाध्यममा

(GMT+08:00) 2018-11-29 14:10:36

नोभेम्बर अठाईस तारिख, बीस मुलुक समूह राष्ट्रानायक ब्यूनसआयर्स शिखर सम्मेलनमा सहभागिता तथा अर्जेन्टिनाको राजकीय भ्रमण गर्नुअगाडि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अर्जेन्टिनाको 'हाउ ज्याउ अखवार'मा 'चीन अर्जेन्टिना सम्बन्धको नयाँ युगको सिर्जना'शीर्षकको नामसहित लेख प्रकाशित गर्नुभएको छ।

लेखमा राष्ट्राध्यक्ष सीले अर्जेन्टिनालाई चीनसँग आपसी विश्वसनीय मैत्रीपूर्ण साथी, संयुक्त विकासको साझेदार र आपसमा बुझ्न सकिने विश्वास पात्र भनेर उल्लेख गर्नुभएको छ।

हाल अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएकोले चीन र अर्जेन्टिनाले आपसी रणनैतिक साझेदारी सम्बन्धको नयाँ युग सिर्जना गरेमा दुई मुलुकका जनतालाई नै हित गर्ने कुरा पनि राष्ट्राध्यक्ष सीले लेख्नुभएको छ। पहिलो, रणनैतिक आदानप्रदानलाई सबल पार्ने, आपसी कदर र विश्वासको पालना गर्नुपर्ने। दोस्रो, व्यवहारिक सहयोगलाई गहिरो पार्ने, पारस्परिक हित-कल्याण र सफलता साकार तुल्याउनुपर्ने। तेस्रो,जनस्तर तथा साँस्कृतिक आदानप्रदानलाई विस्तृत पार्ने, आपसी अनुभव बाँडफाँड गर्ने र चौथो, समन्वय र सहयोगलाई अघि बढाउने, आपसी मद्दत र समर्थन दिनुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु