फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पछाडि हेर्ने ऐनामा" देखिएको जी-20 शिखर सम्मेलन

(GMT+08:00) 2018-11-29 16:04:19

नोभेम्बर 30 तारिख जी-20 शिखर सम्मेलनले औपचारिक रुपमा "अर्जेन्टिना समय"मा प्रवेश गर्ने छ। जुन यस वर्ष सारा विश्वमा रहेको सबैभन्दा महत्वपूर्ण घटना पनि हुनेछ।

जी-20 शिखर सम्मेलन व्यवस्था सन् 2008 सारा विश्वको बैकिङ संकट देखा परेपछि स्थापित गरिएको हो। दश वर्षपछि अर्थात् सारा विश्वको आर्थिक वृद्धि मन्द भइरहेको, विश्व आर्थिक विकासमा मौजुद अनिश्चितता र खतरा बढ्दै गएको र एकपक्षीयतावाद तथा संरक्षणवादद्वारा अन्तर्राष्ट्रिय परिपाटी ध्वस्त पार्न खोजिएको अवस्थामा जी-20 शिखर सम्मेलन व्यवस्थाले यथावत् रुपमा समष्टिगत समन्वयात्मक भूमिका निर्वाह गर्ने छ कि छैन भन्ने ध्यानाकर्षणको विषय बनिसकेको छ।

साउदी अरेबियाको जेद्दाहस्थित "अरब न्युज"वेभसाइटको मुख्यालयले त्यो गत सन् 2009 को सारा विश्वको बैकिङ सङ्कटको समाधान गर्न खोजेको लण्डन शिखर सम्मेलन यता सबैभन्दा महत्वपूर्ण जी-20 शिखर सम्मेलन हुने कुरा जनाएको छ।

सबैभन्दा ठूलो विकासोन्मुख मुलुक र जी-20 का सदस्यको हैसियतले चीनले पहिले सारा विश्वको बैकिङ सङ्कटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

जानकारी तथा लेखहरु