फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इतिहासमा सबैभन्दा राम्रो मौका बाँडचुँड गरी चीन-स्पेन हातमा हात मिलाएर प्रस्थान गर्ने

(GMT+08:00) 2018-11-29 16:58:54

चीन र स्पेनको दौत्य सम्बन्ध स्थापना भएको 45औं वार्षिकोत्सवको उपलक्ष्यमा स्पेनका राजा फिलिप छैठौंको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यस हप्ता सत्ताईस तारिखदेखि उन्नतीस तारिखसम्म स्पेनको राजकीय भ्रमण गर्नुभएको छ। दुई पक्षले नयाँ युगमा सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धलाई सबल पार्ने संयुक्त विवरण प्रकाशित गर्दै श्रृङ्खलावद्ध सहयोगात्मक सन्धिमा हस्ताक्षर गरेका छन्। यी प्रशस्त उपलब्धीले दुई मुलुक सम्बन्धको विकासमा अझ बढी विकासको गुन्जायस प्रदान गर्ने छ।

दौत्य सम्बन्ध स्थापनाको 45 वर्षयता दुई मुलुकले प्राविधिक सिर्जना, जनस्तरीय तथा संस्कृतिबीचको आदानप्रदान निरन्तर गर्दै आएका छन्। यूरोपेली संघमा चीनको छैठौं व्यापारिक साझेदार स्पेन हुनुका साथै यूरोपेली संघबाहेक स्पेनको पहिलो व्यापारिक साझेदार चीन हो। स्पेनको 'एशिया विकास रणनीति'मा चीनको अडान निकै महत्वपूर्ण रहेको छ। दुवै पक्षले आर्थिक व्यापारिक सहयोगलाई अघि बढाउने, दुई मुलुकका व्यवसायिक क्षेत्रबीच अझ घनिष्ठ सम्पर्क कायम राख्ने, अझ ठूलो परिधिमा पारस्परिक हित-कल्याण र पूर्ण सफलतालाई साकार तुल्याउन दुवै पक्षले संयुक्त रूपमा स्वीकार गरेका छन्।

जानकारी तथा लेखहरु