फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ ब्यूनस आयर्समा

(GMT+08:00) 2018-11-30 10:06:36
       नोभेम्बर २९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्यूनस आयर्स पुगेर गणतन्त्र अर्जेन्टिनाको राजकीय भ्रमण थाल्नुभएको छ। उहाँले त्यहाँ आयोजना हुने बीस मुलुक समूहको तेह्रौँ शिखर सम्मेलनमा सहभागिता पनि जनाउनु हुनेछ।

      विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट अर्जेन्टाइन जनतालाई हार्दिक शुभकामना ज्ञापन गर्नुभएको थियो। सो क्रममा सीले चीन र अर्जेन्टिना आपसी विश्वासको असल मित्र र आपसी हितयुक्त असल साझेदारी भएको बताउनुहुँदै राष्ट्रपति मौरिसियो माकरी र अर्जेन्टिनाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग व्यापक आदान-प्रदान गरी चीन-अर्जेन्टिना चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको नयाँ युग सुरु गर्ने अपेक्षा आफूले लिएको व्यक्त गर्नुभयो। यस पटकको जी बीस समूह शिखर सम्मेलनको सफलताका साथ आयोजना गर्न अर्जेन्टिनालाई आफ्नो तर्फबाट समर्थन तथा शुभकामना रहेको पनि सीले उल्लेख गर्नुभयो।

       स्पेनको राजकीय भ्रमणपछि राष्ट्राध्यक्ष सी अर्जेन्टिना पुग्नुभएको हो। अर्जेन्टिनाको भ्रमणपछि राष्ट्राध्यक्ष सीको पानामा र पोर्चुगलको राजकीय भ्रमणको कार्यक्रम रहने छ।

जानकारी तथा लेखहरु