फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल आइडल संसारभर हेरिने आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल

(GMT+08:00) 2018-11-30 15:17:29
अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल यू-ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ। नेपाल आइडलले अन्तर्राष्ट्रियस्तरसम्म प्रभाव जमाउन व्यवस्थापन, कार्यक्रम उत्पादनमा सहभागी दक्ष सहकर्मी, बाध्यवाधन, स्टेज तथा लाइट व्यवस्थापन, क्यमरा व्यवस्थापनको सहयोगले नै सम्भव भएको कार्यक्रममा निर्देशक सुरेश पौडेलको भनाइ छ।

'विश्वभरमा ६० वटा भन्दा धेरै देशले प्रशारण गर्ने आइडलमा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ, आइडलको इतिहासमा नेपाललाई अग्रस्थानमा पुर्‍याउने छौं', निर्देशक पौडेलले भन्नुभयो।

नेपालमा एकै पटकमा टेलिभिजन हेर्ने दर्शकको संख्या जान्न कुनै संयन्त्र नभएकाले यूट्यूबका दर्शकको आधारमात्र मापन गर्न सकिने अवस्था छ। यू-ट्युब भ्यूको आधारमा नेपाल आइडल सबैभन्दा धेरैले हेर्ने नेपाली रियालीटी शोमा परिरहेको छ।

आइडलको लोकप्रियता र स्थान जान्नका लागि विश्वभर इन्टरनेटमार्फत् प्रशारण हुने कार्यक्रमबारे जानकारी दिने ट्रेन्स् डट गुगल डट कममा गएर आइडल सर्च गरी वर्ल्डवाइड अप्सनमा जान सकिन्छ, त्यसपछि वेब र युट्युब छनौट गरेर हेर्न सकिन्छ। अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण र प्रशारण भइरहेको आइडल बेलायती टेलिभिजन कार्यक्रम उत्पादक सिमन फुलरले २००१ अक्टोबर ६ तारिख सुरु गरेका थिए। अहिले विश्वका ६० देशमा आइडल चलिरहेको छ।

जानकारी तथा लेखहरु