फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सातौं 'हातमा हात' स्थल सेनाको संयुक्त सैनिक अभ्यास चीनको छङ्ग तुमा हुने

(GMT+08:00) 2018-11-30 15:26:58
नोभेम्बर २९ तारिख चीनको रक्षा मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रन क्वो छ्याङ्गले चीन-भारत संयुक्त सैनिक अभ्यासको नाम 'हातमा हात मिलाउँदै' रहेकोले चीन-भारत दुई सेनाको सम्बन्धमा देखा परेका तथा चीन-भारत सेनाले संयुक्त सहयोगमा दुई मुलुक र जनताप्रति हित पुर्याउने अवस्था देखापरेको बताउनुभएको छ।

चीन-भारत रक्षा आदानप्रदान र उच्चस्तरिय वार्ताबारे चर्चा गर्दै प्रवक्ता रन क्वो छ्याङ्गले नोभेम्बर तेह्र तारिख चिनियाँ केन्द्रिय सैनिक आयोग संयुक्त चिफ अफ स्टाफ कार्यालयका उपप्रमुख शाउ युआन मिङ्गले भारतका रक्षा सचिव संजय मित्रासँग पैचिङमा चीन-भारत नवौं प्रतिरक्षासम्बन्धी सम्मेलनको अध्यक्षता गर्नुभएको थियो। यस अवधिमा दुई पक्षले गहिरो रुपमा दुई मुलुकका सेनाको सम्बन्ध, सीमा क्षेत्रको व्यवस्थापन र सहयोग तथा साझा अभिरुचिका अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा परिस्थितिबारे छलफल गरेका उहाँले जानकारी दिनुभयो।

चीन र भारतले छलफल गरी सातौं 'हातमा हात' स्थल सेनाको संयुक्त सैनिक अभ्यास डिसेम्बर दश तारिखदेखि तेईस तारिखसम्म चीनको सछ्वान प्रान्तको छङ्ग तु सहरमा आयोजना हुने भएको पनि प्रवक्ता रन क्वो छ्याङ्गले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु