फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हामी र तिमीहरुःचीन-पाकिस्तान कथा" किताब उर्दू भाषाको संस्करण प्रकाशित

(GMT+08:00) 2018-11-30 15:32:24

"हामी र तिमीहरुः चीन-पाकिस्तान कथा" नामक किताबको उर्दू संस्करण हिजो नोभेम्बर उन्नतीस तारिख पाकिस्तानमा औपचारिक रुपमा प्रकाशित गरिएको छ। यो किताब चिनियाँ र अंग्रेजी भाषामा प्रकाशित गरिएको थियो। यस पटक पाकिस्तानको अधिकारिक भाषामा प्रकाशित गरिएको छ र पाकिस्तानी जनतालाई चीन-पाकिस्तान मित्रताको इतिहास जानकारी दिंदै दुई मुलुकबीच जनस्तरीय जानकारीलाई अघि बढाउनेछ।

सोही दिन यस किताबको वितरण समारोह इस्लामावादमा आयोजित भएको छ। यस कितावको मुख्य सम्पादक एवम् पाकिस्तानका लागि पूर्व चिनियाँ राजदूत लु शु लिनले समारोहमा भाग लिनुभएको छ। किताबमा केही पाकिस्तानी जनतासँगको कथा पनि उहाँले लेख्नुभएको छ।

पूर्व राजदूत लु शु लिनबाहेक पाकिस्तानमा लामो समय काम गरेका धेरै चिनियाँहरुले पनि पाकिस्तानी जीवनी पनि कितावमा उल्लेख गरेका छन्। उनीहरुले कूटनीतिज्ञ, विद्वान, व्यवसायका प्रतिनिधि र पत्रकार रहेका छन्। उनीहरुले आफ्ना अनुभवमार्फत पाकिस्तान विभिन्न क्षेत्रका जनताबीचको मित्रतालाई उल्लेख गरेका छन्। सन्2014 यो किताब चिनियाँ र अंग्रेजीमा प्रकाशित हुँदा ठूलो ध्यानाकर्षण भएको थियो।

जानकारी तथा लेखहरु