फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिज्ञहरूका आँखामा जी-20 शिखर सम्मेलन

(GMT+08:00) 2018-11-30 15:33:18

नोभेम्बर 30 तारिख शुरु भएको जी-20 ब्यूनस् आयर्सको शिखर सम्मेलन यो व्यवस्था लागू भएयता पहिलो पल्ट दक्षिण अमेरिकी मुलुकमा आयोजना हुँदैछ। पहिलो पटक आयोजक मुलुक बनेको अर्जेन्टिनाले विश्व सामु शिखर सम्मेलन सम्बन्धी एउटा विशेष चिन्ह देखाएको छ।

यस पटकको शिखर सम्मेलनमा ६ वटा मुख्य विषय तोकिएको छ। ती विषयहरू यस प्रकार छन्: विश्व अर्थतन्त्र, व्यापार र लगानी, डिजिटल अर्थतन्त्र, दिगो विकास, आधारभूत प्रबन्ध र जलवायु परिवर्तन। वास्तवमा ती विषयहरू जी-20 का लागि नयाँ विषय होइनन्। तर व्यापारिक युद्ध चर्कंदै आएको, नयाँ उदीयमान बजार कठिन अवस्थामा पुगेको र युरो क्षेत्रमा आर्थिक विकास मन्द भइरहेको पृष्ठभूमिमा ती विषयमा नयाँ कार्यभार र नयाँ अर्थ थपिएको देखिन्छ। राजनीतिज्ञहरूका आँखामा यस पटकको जी-20 शिखर सम्मेलन कस्तो छ? राजनीतिज्ञहरूले बहुपक्षीयतावादको संरक्षण गर्ने निश्चित सङ्केतलाई कसरी देखाउने? स्वतन्त्र व्यापारलाई कसरी समर्थन गर्ने र अन्तर्राष्ट्रिय समुदायसँग खुलस्त विश्व अर्थतन्त्रको निर्माण प्रक्रियालाई कसरी अघि बढाउने भन्ने कुरा ध्यानाकर्षणको विषय बनिसकेको छ।

जानकारी तथा लेखहरु