फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मातृभूमिको उत्तरी भागको हरित पर्यावरणीय पेटीलाई सुदृढ पारिने राष्ट्राध्यक्ष सी चिनफिङको भनाइ

(GMT+08:00) 2018-11-30 16:41:36

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल चीनको त्री-उत्तर परियोजनाको निर्माणका लागि महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँका अनुसार, त्री-उत्तर परियोजनाको निर्माण चीनको सुधार र खुलापनसँगै लागू गरिएको एउटा निकै महत्वपूर्ण पर्यावरणीय परियोजना हुनुका साथै पर्यावरणीय सभ्यताको निर्माणमा रहेको एउटा विशाल उदाहरणीय परियोजना पनि हो। बितेका 40 वर्षको अथक प्रयासमार्फत उक्त परियोजनाको निर्माणमा ठूल्ठूला पर्यावरणीय, आर्थिक र सामाजिक नाफा प्राप्त भएको छ भने जुन परियोजना सारा विश्वको पर्यावरणीय सञ्चालनका लागि सफलदायी नमूना पनि बनिसकेको देखिन्छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली ख छ्याङले पनि सम्बद्ध निर्देश दिनुभएको छ।

प्राप्त जानकारी अनुसार, त्री-उत्तर परियोजनाको निर्माणको 40 औँ वार्षिकोत्सव पुरस्कृत सम्मेलन 30 तारिख पैचिङमा आयोजना गरियो।

जानकारी तथा लेखहरु