फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङको नाम सहितको लेख पानामाका सञ्चारमाध्यममा प्रकाशित

(GMT+08:00) 2018-11-30 18:27:44
गणतन्त्र पानामाको राजकीय भ्रमण शुरु हुनुअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पानामाको सिङ अखवारमा हातमा हात मिलाएर अघि बढ्नुका साथै सँगै मिलेर भविष्यको सिर्जना गरौं शीर्षकको नाम सहितको लेख प्रकाशित गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

आफ्नो लेखमा उहाँले राष्ट्रपति ज्युआन कार्लोस भारेलाको निमन्त्रणामा गणतन्त्र पानामाको पहिलो पटक राजकीय भ्रमण गर्न लागेको र चीनका राष्ट्राध्यक्षले गर्ने पहिलो पानामा भ्रमणका लागि पनि आफूले व्यग्र प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ।

गत वर्षको जुन महिनामा राष्ट्रपति भारेलाले सँगै मिलेर चीन र पानामाबीच औपचारिक रुपमा दौत्य सम्बन्ध कायम राख्ने महत्वपूर्ण राजनीतिक निर्णय गरेको सम्झिँदै राष्ट्राध्यक्ष सीले भन्नुभएको छ, 'दुवै देशका लागि त्यो फाइदाजनक घटना हुनुका साथै सारा विश्वका लागि त्यो मुख्य प्रवृत्ति अनुकूल हुने र जनताको साझा अभिलाषासँग ज्यादै मिलेको एउटा अवसर पनि हो।'

जानकारी तथा लेखहरु