फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन, रुस र भारतका नेतागणबीच अर्जेन्टिनामा अनौपचारिक भेटघाट

(GMT+08:00) 2018-12-01 15:19:02

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ नोभेम्बर तीस तारिख ब्युनस् आयर्समा चीन, रुस र भारतका नेतागणबीचको अनौपचारिक भेटघाटमा सहभागी हुनुभएको छ। भेटघाटका क्रममा उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ परिस्थितिमा चीन, रुस र भारतबीचको सहकार्यबारे गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुभयो। तीन मुलुकका नेतागणले सर्वसम्मतिले त्रिपक्षीय समन्वयलाई मजबुत पारी त्रिपक्षीय मतैक्यतालाई जम्मा पारेर त्रिपक्षीय सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै मिलीजुली विश्व शान्ति, स्थिरता र विकासलाई अघि बढाउने विषयमा सहमति जनाएका छन्।

राष्ट्राध्यक्ष सीले उक्त भेटघाटमा त्रिपक्षीय सम्झौता-वार्ता व्यवस्थामा प्राप्त प्रगतिको उच्च मूल्याङ्कन गर्नुभयो। रूसी राष्ट्रपति पुटिनले वर्तमान विश्व परिस्थितिमा तीन मुलुकबीचको सहकार्यलाई सबल पार्ने कुरा तीन मुलुकका आ-आफ्नो हित अनुकूल हुनुका साथै समस्त विश्वका लागि सकारात्मक अर्थ रहेको कुरा औँल्याउनुभयो। भारतीय प्रधानमन्त्री मोदीले तीन मुलुकले वर्तमान विश्व सामु देखापरेका मुख्य विषयबारे विचार-विमर्श गर्नु ज्यादै आवश्यक रहेको विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु