फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा एचआईभी संक्रमणको दर घट्दो क्रममा

(GMT+08:00) 2018-12-01 15:21:38

नेपालमा एचआईभी संक्रमणको दर घट्दो क्रममा छ। सात वर्षयता नयाँ संक्रमणको दर ६१ प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ। शुक्रबार एक कार्यक्रममा केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले सात वर्षयता नयाँ संक्रमण घट्दै गएको बताउनुभयो। उहाले भन्नुभयो, 'सन् २०१० देखि हालसम्म नेपालमा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको छ। बालबालिकामा देखापर्ने संक्रमणमा पनि ६३ प्रतिशतले कमी आएको छ।'

प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। त्यस्तै प्रदेश ३ मा दुई सय ४१ पुरुष, एक सय ८६ महिला र १८ जना तेस्रो लिंगीमा संक्रमण देखिएको केन्द्रले जनाएको छ। प्रदेश २ मा दुई सय १४ जना पुरुष र एक सय २० जना महिलामा एचआईभी भाइरस देखापरेको छ। प्रदेश १ मा एक सय ५३ पुरुष र ८७ महिलामा संक्रमण भएको बताइएको छ। प्रदेश ७ मा एक सय ४२ पुरुष र एक सय एक जना महिला संक्रमित छन्।

केन्द्रका अध्यक्ष डा.तारानाथ पोखरेलले एचआईभी संक्रमण हुनुको पहिलो कारण असुरक्षित यौनसम्बन्ध रहेको बताए। संक्रमितमध्ये ७६ प्रतिशतलाई असुरक्षित यौनसम्पर्कबाटै लाग्ने गरको छ। १५-४९ उमेर समूहका व्यक्तिमा संक्रमण बढी देखिएको छ। केन्द्रका तथ्यांक अधिकृत वीरबहादुर रावलका अनुसार, सुईद्वारा लागुपदार्थ लिने र पुरुष समलिंगीमा भने संक्रमणको दर बढेको अन्नपूर्णपोस्टले लेखेको छ।

जानकारी तथा लेखहरु