फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा हुँदै आएको सडक महोत्सव यसवर्ष पनि फेवातालको किनारमा हुने

(GMT+08:00) 2018-12-01 15:24:32
पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आइरहेको सडक महोत्सव यसवर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान)ले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

पोखराको पर्यटन क्षेत्र प्रवर्द्धनमा महत्वपूर्ण मानिदै आएको सडक महोत्सव २०औँ संस्करणस्वरुप अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को स्वागतार्थ आयोजना गरिन लागेको रेवानका अध्यक्ष बुधराज भुजेलले जानकारी दिनुभयो। उहाँले रेवानले स्थानपनाकालदेखि नै व्यावसायिक हकहितको संरक्षण तथा संवद्र्धनसँगै पर्यटकीय गतिविधिमा विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो।

शहीद चोकदेखि खहरे, डिहीकोपाटनसम्मको झण्डै तीन किमी दूरीमा आयोजना हुने सो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक गतिविधि हुने महासचिव गणेश थापाले जानकारी दिनुभयो। महोत्सवमा लोपोन्मुख भेषभूषा, कला संस्कृति, ग्रामीण भेगमा उत्पादित सामग्रीको बिक्रीलाई प्रोत्साहन गरिने थापाले बताउनुभयो।

महोत्सवमा पर्यटकको स्वाद र रुचिअनुसारका राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय परिकारका खानाहरु सडकमै उपलब्ध गराइनुका साथै महोत्सवमा मनोरञ्जनात्मक खेल, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकूद, वृत्तचित्र प्रदर्शनी, बालउद्यान, चर्चित कलाकारको प्रस्तुति रहने गोरखापत्र अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु