फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानीको वातावरण सुधारको प्रयास भैरहेकाले डुइङ विजनेस रिपोर्ट सच्याउन नेपालको आग्रह

(GMT+08:00) 2018-12-01 15:28:36

अर्थमन्त्री डा. युवराज खतिवडाले डुइङ् विजनेस रिपोर्ट 2019 को सम्बन्धमा विश्व बैंकका प्रतिनिधि तथा डुइङ् विजनेसको मिसनसंग आफ्नो कार्यकक्षमा छलफल गर्दै नेपालले लगानीको वातावरण सुधारको लागि नीतिगत र प्रणालीगत सुधारका कार्यलाई निरन्तरता दिइएको जानकारी गराउनुभएको छ। उहाँले उक्त सूचकांकको आधार र विधिमा परिमार्जन गर्नु पर्ने धारणा पनि व्यक्त गर्नुभयो।

छलफलको क्रममा मिसनले डुइङ् विजनेसको विविध पक्षमा विवेचना गर्दै उच्चस्तरीय प्रतिवद्धता भएमा तथा केहि नीतिगत र प्रक्रियागत विषयहरुमा थप सुधार गर्न सकिएमा नेपालमा लगानीयोग्य वातावरणमा सुधार आउने जानकारी गराएको थियो। यसको प्रत्युत्तरमा अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालयले आर्थिक सुधार प्रकृयामा सम्पर्क मन्त्रालयको रुपमा कार्य गर्ने र लगानीको वातावरण श्रृजना गर्नेकार्यको नेतृत्व स्वयं आफूले लिने भन्दै उच्च प्रतिवद्धताका साथ निजी क्षेत्रको लगानी वातावरण सुधारका प्रयासहरुलाई अगाडी बढाइने बताउनुभयो। कारोबार अनलाइनका अनुसार नेपालले औद्योगिक श्रम सम्बन्धमा कानूनतः रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सम्झौता तथा समझदारीबाट नयाँ औद्योगिक वातावरण सृजना गरिसकेको, केहि वर्ष देखि असल औद्योगिक श्रम सम्बन्ध कायम रहेको र प्रतिवेदनमा उल्लेख गरिएका धेरै विषयहरुले मुलुकका पछिल्ला सुधारहरु प्रतिविम्वित हुन नसकेको र हाल सुधारका कार्यले गति लिइरहेको सन्दर्भमा आगामी दिनमा यस प्रकारको प्रतिवेदन तयारी गर्दा निजी क्षेत्रसंगै सार्वजनिक क्षेत्रसंग पनि गम्भिर छलफल गरी वास्तविक विवरणलाई समावेश गर्नुपर्ने धारणा राख्नुभयो। मिसनको तर्फबाट विश्व बैंकका नेपाल स्थित देशीय प्रबन्धकले अर्थमन्त्रीको उच्च प्रतिवद्धताको लागि हार्दिक धन्यवाद दिदै सरकारसंग संगै मिलेर अगाडि बढ्ने र कहिलेकाँही सहि र पर्याप्त सूचना संप्रेषण नहुँदा पनि प्रतिवेदनले वास्तविकता सम्बोधन गर्न नसक्ने भएकोले यस तर्फ सम्बद्ध पक्ष गम्भिर हुनु पर्ने विचार राखेका थिए।

छलफलको क्रममा अर्थ सचिव, राजस्व सचिव लगायतका अर्थ मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु र विश्व बैंकका नेपाल देशीय प्रवन्धक तथा विश्व बैंकका उच्चपदस्थ कर्मचारीहरु र डुइङ् विजनेसको मिसनका प्रतिनिधिहरु उपस्थित थिए।

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक अवस्था सार्वजनिक गर्दै चैत १६ गते श्वेतपत्र जारी गर्दा लगानीको वातावरण निराशाजनक रहेको बताएको थियो। व्यवसाय गर्ने वातावरणको विश्व सूचकमा नेपालको स्थान निकै तल रहेकोले कडा मेहनत गर्नुपर्ने अवस्था रहेको अर्थमन्त्री डा. खतिवडाले बताएका थिए। यसलाई प्रमाणित गर्न उनले डुइङ् विजनेस रिपोर्ट 2018 प्रस्तुत गरेका थिए। तर, अघिल्लो वर्षको भन्दा नेपालको व्यवसाय गर्ने वातावरण यस वर्ष पाँच स्थान तल खस्किएको थियो।

जानकारी तथा लेखहरु