फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट

(GMT+08:00) 2018-12-01 15:34:52

स्थानीय समयअनुसार नोभेम्बर तीस तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्यूनस आयर्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले यस वर्ष प्रधानमन्त्री मोदीसँग चौथो पटक भेट भएको बताउँदै दुई पक्षले चीन-भारत सम्बन्धसम्बन्धी जनाएका धेरै महत्वपूर्ण सहमति व्यवहारमा उतार्दै जाँदा दुई मुलुकको सम्बन्ध स्थिर रूपमा उकासिएको औंल्याउनुभएको छ। हाल विश्व अर्थतन्त्रमा रहेका चुनौती र खतरा वृद्धि भएकोले चीन र भारतले संरक्षणवाद र एकपक्षीयतावादको विरोध गर्ने, विश्व व्यापारिक संगठनको आधारभूत नियमको पालना गर्ने, विकासोन्मुख मुलुकको विकासको गुन्जायस र अधिकारको संरक्षण गर्ने पनि उहाँले व्यक्त गर्नुभयो।

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्राध्यक्ष सीले चीन-भारत सम्बन्धमा उच्च ध्यान दिएको बताउँदै यस सम्बन्धको विकास सशक्त रूपमा अघि बढाएको व्यक्त गर्नुभयो। चीनले अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना गर्नमा भारतले समर्थन गरेको र यस एक्स्पोले विश्वव्यापार प्रणालीलाई सन्तुलित विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि प्रधानमन्त्री मोदीले बताउनुभयो। साथै उहाँले राष्ट्राध्यक्ष सीसँग संयुक्त प्रयास गरी चीन-भारत सम्बन्ध नयाँ स्तरमा उकासिने पनि बताउनुभएको छ।

जानकारी तथा लेखहरु