फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा बीस मुलुक समूह राष्ट्रानायक तेह्रौं शिखर सम्मेलनलाई सम्वोधन

(GMT+08:00) 2018-12-01 15:35:30

स्थानीय समय अनुसार नोभेम्बर तीस तारिख बीस मुलुक समूह राष्ट्रानायक तेह्रौं शिखर सम्मेलन अर्जेन्टिनाको ब्यूनस आयर्समा आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पहिलो चरणको सम्मेलनमा भाग लिएर 'विश्व अर्थतन्त्र सही दिशामा डोर्याउन जान्नुपर्छ' शीर्षकको महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँको सम्वोधनमा बीस मुलुक समूहले खुलापन र सहयोग, साझेदारी भावना, सर्वतोमुखी हित कल्याण र साझा विजयको पालना गरी कार्यभार वहन गर्दै विश्वअर्थतन्त्रको विकासको दिशा बुझ्नुपर्नेमा जोड दिइएको छ।

राष्ट्राध्यक्ष सीले यस वर्ष अन्तर्राष्ट्रिय मौद्रिक संकट भएको दशौं वर्षगाँठ हुनुका साथै बीस मुलुक समूहको शिखर सम्मेलनको स्थापना भएको दशौं वार्षिकोत्सव भएको पनि बताउनुभयो।

विश्व अर्थतन्त्र वृद्धि हुँदै आए तापनि संकटको कारकतत्व नहटेको भन्दै उहाँले विभिन्न मुलुकले संकटको सामना गर्ने क्रममा निरन्तर हितको एकरुपता, कार्यभारको एकरुपता र भाग्यको एकरुपता बन्दै गएको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो। हातमा हात मिलाएर पारस्परिक हित कल्याण र पूर्ण सफलतालाई साकार तुल्याउने एक मात्रै सही छनौट हुने पनि सीले बताउनुभयो।

जानकारी तथा लेखहरु