फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी ब्रिक्स मुलुक राष्ट्रनायकको अनौपचारिक भेटघाटमा सहभागी

(GMT+08:00) 2018-12-01 15:36:07

स्थानीय समयअनुसार नोभेम्बर तीस तारिख ब्रिक्स मुलुक राष्ट्रनायकको अनौपचारिक भेटघाट अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा आयोजित भयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, दक्षिण अफ्रिकी राष्ट्रपति माटामेला सिरिल रामाफोसा, ब्राजिलका राष्ट्रपति माइकल डर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटघाटमा सहभागी हुनुभयो। पाँच मुलुकका नेताहरुले विश्व आर्थिक परिस्थिति, हालका चुनौतीको सामना र ब्रिक्स मुलुकको सहयोग आदि विषयमा गहिरो रुपमा वैचारिक आदानप्रदान गरेर व्यापक सहमति जनाउनुभयो।

ब्रिक्सको वर्तमान अध्यक्ष मुलुक दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाले भेटघाटको अध्यक्षता गर्नुभएको थियो।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यस वर्षको जुलाईमा ब्रिक्स मुलुकका राष्ट्रनायकले जोहानेसवर्गमा फलदायी भेटघाट आयोजना गरेर धेरै महत्वपूर्ण सहमति जनाएको व्यक्त गर्नुभयो। ब्रिक्स मुलुक बीस मुलुक समूहको महत्वपूर्ण सदस्य हुनुका साथै अर्जेन्टिनालाई समर्थन गर्दै यस पटकको शिखर सम्मेलन सफल पार्नुपर्ने पनि राष्ट्रध्यक्ष सीले बताउनुभयो।

विभिन्न मुलुकका नेताहरूले विश्व अर्थतन्त्र, राजनीति र व्यापारमा जटिल चुनौती रहेकोले ब्रिक्स मुलुकले सहकार्य गरी आर्थिक, व्यापारिक, प्राविधिक आदि क्षेत्रको सहयोगलाई गहन पार्नुपर्ने बताए।

जानकारी तथा लेखहरु