फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च तहमा विश्व आर्थिक दिशा देखाउनुपर्ने

(GMT+08:00) 2018-12-01 19:46:32

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर 30 तारिख जी-20 शिखर सम्मेलनमा सहभागी हुँदै उच्च तहमा चढी सुदूर दृष्टि लगाउँदै दायित्वपूर्ण धारणाका साथ विश्व अर्थतन्त्रको मुख्य दिशा देखाउन विभिन्न सदस्य मुलुकका नेताहरूलाई आह्वान गर्नुभएको छ।

बितेका दश वर्षयता जी-20 शिखर सम्मेलनले सारा विश्वको आर्थिक सञ्चालनमा महत्वपूर्ण निर्देशनात्मक भूमिका निर्वाह गर्दै आएको छ। हालआएर विभिन्न सदस्य मुलुकका नेताहरू भेला भई पुन: एकपल्ट सारा विश्वको आर्थिक विषयबारे विचार-विमर्श गरेका छन्। उनीहरूको सामु विश्व अर्थतन्त्र अधोगतितिर गइरहेको र एकपक्षीयतावाद तथा संरक्षणवादद्वारा सारा विश्वको बहुपक्षीय प्रणालीलाई ध्वस्त पार्न खोजिएको देखिन्छ। के भन्न सकिन्छ भने ती नेताहरूले आफ्नो र विश्व अर्थतन्त्रका लागि एउटा अप्ठ्यारो ऐतिहासिक छनौट गर्न खोजेका छन्। त्यसैले राजनीतिज्ञहरूले अझ उच्च तहमा चढेर रणनीतिक दृष्टिमार्फत् सम्बद्ध समस्याको समाधान गर्नुपर्छ।

खुलापन र सहकार्यलाई कायम राख्नका लागि विश्वका विभिन्न मुलुकहरूले सक्दो प्रयासमार्फत स्वतन्त्र व्यापार र नियममा आधारित बहुपक्षीय व्यापारिक व्यवस्थाको संरक्षण गर्नु ज्यादै आवश्यक रहेको छ। त्यसको केन्द्र विश्व व्यापार संगठन नै हो।

यस पटकको शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सी चिन फिङले सिर्जनशील निर्देशनलाई कायम राखेर आर्थिक वृद्धिको जिवन्त शक्ति पत्ता लगाउन विभिन्न मुलुकका नेताहरूसित पनि आह्वान गर्नुभएको छ।

जानकारी तथा लेखहरु