आठ महिनाभन्दा लामो समयसम्म चलेको चीन-अमेरिका आर्थिक व्यापारिक द्वन्दले यस वर्षको अन्त्य हुनुअघि एउटा महत्वपूर्ण मोडको स्वागत गरेको छ।
जी-20 अर्जेन्टिना शिखर सम्मेलनमा सहभागी हुनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच डिसेम्बर 1 तारिख भेटघाट भएको छ। जुन गत मार्च महिना चीन-अमेरिका आर्थिक व्यापारिक द्वन्द चर्कँदै आएयता दुवै देशका राष्ट्रनायकबीचको पहिलो भेटघाट पनि हो। भेटका अवसरमा उहाँहरूले चीन-अमेरिका आर्थिक व्यापारिक समस्याबारे विचार-विमर्श गर्दै मतैक्यता पनि प्राप्त गर्नुभयो। दुवै पक्षले भन्सार कर थप्ने कारवाई लगायत अन्य व्यापारिक सीमित कदम बन्द गरी साझा चासोका विषयको समाधान गर्न प्रयास गर्नुका साथै यस वर्षदेखि थपिएको भन्सार कर खारेज गर्दै छिटोभन्दा छिटो द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई सामान्य लिगमा फर्काएर विन-विनलाई साकार तुल्याउने निर्णय गरेका छन्।
चीन-अमेरिका आर्थिक व्यापारिक द्वन्द चर्कंदै जाने महत्वपूर्ण बखतमा दुई देशका राष्ट्रनायकले सँगै मिलेर लचकता प्रदर्शन गर्नुभएको कुराबाट समान दिशातिर अघि बढ्ने र सम्झौता-वार्तामार्फत सम्बद्ध समस्याको समाधान गर्ने अभिलाषा प्रतिबिम्बित गरिएको छ। यसबाहेक, चीनले दृढताका साथ देशको केन्द्रिय हित र जनताको मूलभूत हितको संरक्षण गर्ने सैद्धान्तिक अडान तथा सम्झौता-वार्ता गर्ने क्रममा चीनले सधैं नै कायम राख्दै आएको पारस्परिक सम्मान र आपसी हितयुक्त सिद्धान्त पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।
दुवै देशका राष्ट्रनायकबीच सम्पन्न मतैक्यता बमोजिम दुवै देशका आर्थिक-व्यापारिक मण्डलले चाँडै नै नयाँ चरणको छलफलको आरम्भ गर्ने योजना रहेको छ।