फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच महत्वपूर्ण भेट र सहमति

(GMT+08:00) 2018-12-02 14:20:58

स्थानीय समय डिसेम्बर एक तारिख राति चीनको परराष्ट्र मन्त्रालयले ब्यूनस आयर्समा पत्रकार सम्मेलनको आयोजना गरी चीन र अमेरिकी राष्ट्रनायकले भेटघाट गर्नुभएकोबारे जानकारी दिएको छ। चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ्ग यीले दुई मुलुकका राष्ट्रनायकले समन्वय, सहयोग, स्थिर आधारमा रहेको चीन अमेरिका सम्बन्धलाई अघि बढाउन स्वीकार गर्नुभएको जनाउनुभयो। दुई पक्षले आर्थिक व्यापारिक समस्याबारे सक्रिय रचनात्मक छलफल गरेर, आपसमा नयाँ भन्सार दर नथप्ने सहमति जनाएको मन्त्री वाङ्गले जानकारी दिनुभयो।

स्थानीय समय अनुसार डिसेम्बर एक तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ब्यूनस आयर्समा सहभोज गर्नुका साथै भेटघाट गर्नुभएको थियो। यस पटकको भेटघाट चीन र अमेरिकी राष्ट्रानायकले गत वर्षको नोभेम्बरमा पैचिङमा भेटेपछिको पहिलो भेटघाट थियो। भेटघाटमा महत्वपूर्ण सहमति जनाएर आगामी दिनमा चीन-अमेरिका सम्बन्धको विकासको दिशा औंल्याइएको छ।

जानकारी तथा लेखहरु