फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाबीच आर्थिक व्यपारिक समस्यामा सहमति

(GMT+08:00) 2018-12-02 14:21:32

स्थानीय समयअनुसार डिसेम्बर एक तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ब्यूनस आयर्समा भेटघाट गर्नुभएको छ। भेटघाटपछि चिनियाँ आर्थिक व्यापारिक टोलीका सम्बन्धित जिम्मेवार व्यक्तिले पत्रकारसँग दुई मुलुकका राष्ट्रानायकले चीन-अमेरिका आर्थिक व्यापारिक समस्याबारे छलफल गरी सहमति जनाएको बताए।

दुई मुलुकका राष्ट्रनायकले सक्रिय रुपमा दुई मुलुकका आर्थिक व्यापारिक टोलीले केही समययता सक्रिय र प्रभावकारी छलफल गरेको मूल्याङकन गर्नुभएको छ। दुई पक्षले स्वस्थ तथा स्थिर चीन-अमेरिकी आर्थिक व्यापारिक सम्बन्ध दुई मुलुकको लागि मात्र नभई सारा विश्वको साझा हितअनुकूल रहेको निष्कर्ष निकालेका छन्।

दुई पक्षले नयाँ भन्सार दर थप्ने आदि व्यापारिक सीमितताको कदमलाई रोक्ने र तुरुन्तै आपसी अभिरुचिका समस्याको समाधान गर्ने निर्णय गरेका छन्। यसका साथै अरु सामग्रीमाथि नयाँ भन्सार दर थप्ने कदम पनि नचाल्ने भएका छन्।

दुई मुलुकका आर्थिक व्यापारिक टोलीले छलफल गरी यस वर्षयता थपिएको भन्सार दर रद्द गर्ने, आर्थिक व्यापारिक सम्बन्ध चाँडै नै सामान्य बाटोमा फर्काउने र आपसी फाइदा साकार तुल्याउनेबारेमा दुवै मुलुकका राष्ट्रनायकले निर्देशन दिनुभएको छ।

जानकारी तथा लेखहरु