फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७५ हुने

(GMT+08:00) 2018-12-02 14:26:36

नाटकका माध्यमबाट विश्वलाई जोड्ने उद्देश्यका साथ आगामी फागुन १३ देखि २० गतेसम्म काठमाडौँका आठ रङ्गमञ्चका सहकार्यमा 'नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७५' हुने भएको छ।

सामाजिक सद्भाव तथा नाट्य संस्कृति र पर्यटनको विकासका लागि अन्तरराष्ट्रिय नाटक मेलाको आयोजना गर्न लागिएको महोत्सवका निर्देशक राजन खतिवडाले बताउनुभयो। "सबै रङ्गकर्मीको साझा विचारलाई आत्मसात् गर्दै नाट्य मेलाको परिकल्पना गरिएको हो", खतिवडाले भन्नुभयो, "नाटकबाट नाट्यकर्मीको क्षमता आदानप्रदानको आशा राखिएको छ।"

नाटक प्रदर्शनीका लागि काठमाडौँका सक्रिय थिएटर मण्डला थिएटर नेपाल, शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेजले सहकार्य गर्दैछन्। आयोजकमध्ये काठमाडौँभित्रका पाँच संस्थाले कलाकारको श्रम तथा लगानीमा नाटकघरको निर्माण गरी दश वर्षदेखि नियमित रुपमा नाटक मञ्चन गर्दै आएका छन्। आठदिने प्रदर्शनीमा पाँच नाट्यघरमा २८ नाटक मञ्चन गरिने महोत्सवका सहनिर्देशक देव न्यौपानेले बताउनुभयो।

प्रदर्शनीका लागि छानिएका नाटकलाई जनही रु एक लाख वितरण गरिने बताइएको छ। नाटकमा २० वटासम्म नेपाली र १२ वटासम्म विदेशी नाटकलाई सहभागी गराइने आयोजकले जनाएको छ । महोत्सवमा आफ्नो नाटकलाई संलग्न गराउन सहभागीले यही मङ्सिर १४ देखि १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

जानकारी तथा लेखहरु