फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति ट्रम्पबीच अर्जेन्टिनामा भेटवार्ता

(GMT+08:00) 2018-12-02 14:29:04

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर 1 तारिख राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ब्युनस आयर्समा रात्री भोज खाएपछि भेटघाट गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। दुवै देशका राष्ट्रनायकले सदिच्छापूर्ण र मैत्रीपूर्ण वातावरणमा चीन-अमेरिका सम्बन्ध तथा साझा चासोका अन्तर्राष्ट्रिय विषयहरूबारे वैचारिक आदान-प्रदान गरेका छन्।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले विश्व शान्ति र समृद्धिलाई प्रबर्द्धन गर्ने सम्दर्भमा चीन र अमेरिका दुवै देशले महत्वपूर्ण कर्तव्य बहन गर्ने कुरा औँल्याउँदै सहयोग नै दुवै पक्षका लागि सबैभन्दा राम्रो छनौट हो भन्ने कुरामा पनि जोड दिनुभएको छ।

राष्ट्रपति ट्रम्पले सम्झौतामार्फत दुवै देशबीचको सहकार्यलाई अघि बढाएर दुवै पक्षबीच मौजुद समस्याको समाधानका लागि दुवै देशका लागि हितयुक्त उपाय पत्ता लगाउन अमेरिका इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु